
काठमाडौं । बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मनिर्भर बन्न नसक्ने कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भूसालले बताएका छन् ।
शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपाल बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले देशमा बाँझो रहेको १० लाख ३० हजार हेक्टर जमिनमा खेती नगरेसम्म धानको आयात रोक्न नसकिने बताएका हुन् ।
