काठमाडौं, ३ भदौ । समाजवादी मोर्चाको बैठक आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।

आज साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जानकारी दिए ।
मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । मोर्चाले आफूलाई कसरी अगाडि बढाउने भन्ने खाकासमेत बनाइसकेको छैन । मोर्चाको घोषणा असार ४ गते भएको थियो ।

मोर्चाको नेतृत्व अहिले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।