काठमाडौं, ३ भदौ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आजबाट सुरु हुने भएको छ ।

हिजो काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले आज र भोलि पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । दुबै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने उनले बताए ।

नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।