काठमाडौ, ३ भदौ । नेकपा (एमाले) ले संसद अनिर्णयको बन्दी बनाएको नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बताएका छन् । आज प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले संसद खुलाएर शुल्य समयसम्म जान आग्रह गर्दा समेत एमालेले नमानेको उनले आरोप लगाएका हुन् ।

उनले भने,‘ आज संसद खुलाएर शुल्य समय सम्म जाउँ भन्दा पनि उहाँहरु मान्नुभएन । सँधै अनिर्णयको बन्दी बनाएर जनतामा के भनेर जानुहुन्छ । उहाँहरुलाई पनि जिम्मेवारी दिएको छ ।’

कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गरेर समस्या समाधान हुन्छ ? एमालेलाई उनको प्रश्न छ । उनले भने, ‘कानूनले विश्वास गरेका संयन्त्रलाई चाँहि अविश्वास गर्ने अनि अरुलाई गाली गरेर समस्या समाधान हुन्छ ? त्यसैले नेकपा एमालेलाई आग्रह गर्न चाहान्छु। तपाईहरु केहि नभनी हामीसँग यहाँ आएर संसद चल्न दिनुुस् ।’