
झापा, भदौ ६ । ८० प्रतिशतजति विद्यार्थी चप्पल नलगाई विद्यालय जाने गरेको समस्या थाहा पाएपछि टेरी मिकेस्का फाउण्डेसनले ती विद्यार्थीलाई सहयोग गरेको छ ।
झापाको गौरिगंज गाउँपालिकामा विपन्न विद्यार्थी पढ्ने ती विद्यालयमा फाउण्डेसनले विद्यालयमा नै पुगेर चप्पल वितरण गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुजन न्यौपाने कुम्वरले बताइन् । वडा नम्बर ४ को गौरिया प्रावि र भवानी आवासीय विद्यालयका १ सय २० जना विद्यार्थीलाई फाउण्डेसनका तर्फबाट मिस्टर टेरीले चप्पल, ब्यागका साथै स्टेशनरीका सामग्री वितरण गरेको हो ।
यी सामग्री वितरणमा विराट सामुदायिक अध्ययन केन्द्रले समन्वय गरेको थियो । कार्यबाहक अध्यक्ष कुँवरले फाउण्डेसन र यो अभियानमा सहयोग गर्नेप्रति आभार व्यक्त गरेकी छिन् ।
