
झापा, भदौ ६ । अमेरिकाको टेरी मिकेस्का फाउण्डेसनले झापाको गौरीगन्जको कोरोबारीको एक टोलमा १ सय ५ थान झुल वितरण गरेको छ ।
गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कुँवरले वर्षायाम भएको र मछडको प्रकोप बढ्दै गरेकाले सम्भावित रोगको खतराबाट झुल वितरण गरिएको बताइन् । वर्षातको समय सर्प र डेङगुको जोखिम बढेकाले गाउँवासीका लागि झुल वितरण गरिएको हो । कार्यबाहक अध्यक्ष कुँवरले फाउण्डेसन र यो अभियानमा समन्वय गर्ने विराट सामुदायिक अध्ययन केन्द्रप्रति आभार व्यक्त गरेकी छिन् ।
फाउण्डेसनले हिजै वडा नम्बर ४ को गौरिया प्रावि र भवानी आवासीय विद्यालयका १ सय २० जना विद्यार्थीलाई चप्पल, ब्यागका साथै स्टेशनरीका सामग्री वितरण गरेको थियो । फाउण्डेसनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
