काठमाडौं, ८ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं गोकर्णेश्वर नगर समितिको हिजो सम्पन्न तेस्रो नगर अधिवेशनबाट निराजन आचार्य सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।

समितिको उपाध्यक्षमा हरी लामा, सचिवमा झलकमान तामाङ, सह–सचिवमा लक्ष्मी घले, कोषाध्यक्षमा प्रकाश अधिकारी र सदस्यहरुमा राहुलकुमार शाक्य, सिता पाण्डे र सुमित्रा थापा चयन भएको नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठ ‘धरातल’ ले जानकारी दिए ।