काठमाडौं, भदौ ८ । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ । बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्ने छ ।

हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथै महामन्त्री राजाराम बर्तौलाले संगठनसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्थासम्बन्धी पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराइसकेका छन् ।