काठमाडौं, भदौ ८ । नेकपा (एकीकृत समाजवादी) को हिजो सम्पन्न केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यही भदौ ५ गते सुरु भएर तीन दिनसम्म चलेको बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले यही भदौभित्र सबै जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।