काठमाडौं, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।
प्रमुख राजनीतिक दलहरू सुन, भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागिपरेको आरोप लगाउँदै लामिछानेले जातिय, क्षेत्रिय तथा धार्मीक द्वन्द्वको भूमरिमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । ‘आज जातिय सदभाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम÷थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खवरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नुहोला ।’