
काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाको नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन साह चर्चामा रहेको बताए । क्रियटिभ अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो ।
