
काठमाडौं, भदौ ९ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) अन्तर्गतको काठमाडौंको तारकेश्वर नगर समितिको आज सम्पन्न दोस्रो नगर अधिवेशनबाट गोविन्द भट्ट अध्यक्षमा चयन भएका छन् ।
नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठ ‘धरातल’ ले तारकेश्वर नगर समितिको वरिष्ठ उपाध्यक्षमा केशवराज शर्मा, उपाध्यक्षमा पदम आरडी, सचिवमा अमृत भण्डारी, कोषाध्यक्षमा लक्ष्मण ढुंगाना, सह–सचिवमा कृष्ण श्रेष्ठ, सह–कोषाध्यक्षमा राजु खड्का र सदस्यहरुमा बेदराज घिमिरे, उमा अधिकारी, महेश पौडेल लिला थापा चयन भएको जानकारी दिए ।
यसअघि नै काठमाडौंको गोकर्णेश्वर नगर सभापतिमा निराजन आचार्य, कागेश्वरी–मनोहरा नगर सभापतिमा रन्जन न्यौपाने र टोखा नगर सभापतिमा बलराम भट्टको नेतृत्वमा नयाँ समिति चयन भइसकेको छ ।
