
काठमाडौं, १० भदौ । नेशनल प्याब्सन अन्तर्गत काठमाडौंको नागार्जुन नगर समितिको हालै सम्पन्न तेश्रो अधिवेशनबाट चन्द्र क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठ ‘धरातल’ ले समितिको उपाध्यक्षमा अर्जुन पाठक, सचिवमा निर्मला श्रेष्ठ, सह–सचिवमा माधव बेलबासे र सदस्यहरुमा अम्बर क्षेत्री, अम्बिका भण्डारी, एकराज कुँवर, पल्पसा महर्जन, घनश्याम बलामी र होमनाथ अधिकारी चयन भएको जानकारी दिएका छन् ।
यसअघि नै काठमाडौंको गोकर्णेश्वर नगर अध्यक्षमा निराजन आचार्य, कागेश्वरी–मनोहरा नगर अध्यक्षमा रन्जन न्यौपाने, टोखा नगर अध्यक्षमा बलराम भट्ट र तारकेश्वर नगर अध्यक्षमा गोविन्द भट्टको नेतृत्वमा नयाँ समिति चयन भइसकेको छ । नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठ ‘धरातल’ ले भदौ १५ गते शुक्रबार बूढानीलकण्ठ नगर समितिको, १६ गते काठमाडौं महानगर समितिको र २७ गते काठमाडौं जिल्ला समितिको निर्वाचन हुने जानकारी दिएका छन् ।
होटल सोल्टीमा हुने ८ औं जिल्ला अधिवेशनमा सचिवमा नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठको उम्मेदवारी पर्ने निश्चितजस्तै भएको छ । आफू लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहेकाले शिक्षामा देखिएका समस्याको निराकरणका लागि पहल गर्न उम्मेदवार बन्नुपरेको उनले बताएका छन् ।
