काठमाडौं, १३ भदौ । आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौ १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोली विश्वकप क्रिकेट विजेता टोली हुन् ।