
काठमाडौं, १३ भदौ । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेपछि तीन जनाको मृत्यु भएको हो । सो घटनामा परी पाँच जना घाइते भएका छन् ।
रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भइरहेको थियो । सोही सडक खण्डमा माथिबाट झरेको ढुंगा जीपमा लागेको थियो । घाइते भएका पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
