काठमाडौ, १३ भदौ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही भदौ १५ गते शुक्रबार गाईजात्रा (सापारु) र रोपाइँ जात्रासमेत मनाइने भएकाले महानगरपालिकाले महानगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।