
काठमाडौ, १४ भदौ । सेयर बजार आइतबारसम्मका लागि बन्द हुने भएको छ ।आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।
