काठमाडौं । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पीक्यान) को अध्यक्षमा बासुदेव नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय अधिवेशनले नेपालको नेतृत्वमा समिति गठन गरेको हो ।

नेपाल स्वतन्त्र शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष पनि हुन् । उपाध्यक्षहरूमा बालकृष्ण विष्ट र दीपक खनाल, महिला उपाध्यक्षमा सुष्मा आचार्य, महासचिवमा रबिन केसी चयन भएका छन् ।

महाधिवेशनले रामचन्द्र केसी, कृष्ण कँडेल, र विश्वकल्याण अधिकारीलाई सचिवको जिम्मेवारी दिएको छ । संस्थाको स्रोत साधनको विवेकपूर्ण व्यवस्थापनलाई सुनिश्चित गर्ने जिम्मेवारीसहित कोषाध्यक्षमा राम थापालाई चयन गरिएको छ ।

१६ वर्ष अघिदेखि यो व्यवसायमा लागेका र आफ्नो भूमिका कुशलतापूर्वक निभाएका थापा ओएसिस एब्रोड स्टडी सर्भिसेज एण्ड कन्सल्टेन्सी प्रालि बागबजार काठमाडौंका प्रबन्ध निर्देशक हुन् । कार्यसमिति सदस्यहरुमा पवित्र थापा मगर, मेनुका ढुंगाना, सुनिल खतिवडा, बलराम आचार्य, सूर्यमोहन आचार्य, छत्रबहादुर विष्ट, निरजन शिवाकोटी, यज्ञबिलास पौडेल, पुष्पराज पहारई र रविन तिमिल्सिना रहेका छन् ।

महाधिवेशनका क्रममा अध्यक्ष विष्णु पोखरेलले आफ्नो कार्यकालमा भएका गतिविधि र उपलब्धिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।