काठमाडौं, २० भदौ । राज्यको एकल प्रयासले मात्र  राष्ट्रका हरेक समस्याको समाधान सम्भव नहुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् ।

आज काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको सबै संयन्त्र सशक्त भएर लाग्नु पर्ने बताएका हुन् ।

त्यसका लागि निजी क्षेत्र तथा आम नागरिकको पनि सहयोग आवश्यक हुने उनको भनाई छ । उनले सामाजिक संञ्जालको दुरुपयोग र वैदेशकि रोजगारको बढ्दो प्रवृत्तिका कारणले अपेक्षीत रुपमा यस्ता अपराधहरु समाधान हुन नसकेको बताए । नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्र्रिय रहेको र यसको नियन्त्रणको लागि सम्बन्धित स्टेक होल्डरसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।