काठमाडौं, २१ भदौ । काठमाडौं महानगरका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए ।