काठमाडौंं, २४ भदौ । एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दैछन् ।

श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे खेल हुनेछ । समूह चरण ए मा परेका यी दुवै टिमबीच बर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आंकलन गरिएको छ । सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दैछ भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ । यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ ।

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो । सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।