काठमाडौं, असोज १५ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९ सय ७७ मत खसेको छ । ९ सय ९७ मतदाता रहेकामा २० मत खसेन ।

गए रातिबाट सुरु भएको मतदान आज बिहान ५ बजेमात्र सकिएको थियो । मतगणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए ।
अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय १५ सदस्यीय समिति निर्माण हुने छ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।