
काठमाडौं, असोज १७ । नेपाली कांग्रेसले असोज २९ गतेभित्र महासमिति सदस्यको नाम केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
१४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ गतेसम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेसले कतै सहमति र कतै निर्वाचनको प्रक्रियबाट महासमिति सदस्य चयन गरेको छ ।
