काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङका भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् ।

सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन् । बैठकमा भूकम्पको क्षति, उद्धार, पुनरस्थापना र पुनर्निर्माणका बारेमा छलफल भएको जनाइएको छ । काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्वार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

बझाङमा गत मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका धेरै ठाउँमा घर तथा सार्वजनिक भवनहरू भत्किएका छन् ।