
काठमाडौं, १८ असोज । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन बानेश्वरमा एक बजेर एक मिनेट जाँदाका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायनसम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
