
काठमाडौं, असोज १८ । एक दिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ ।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुने छ । दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्ड र साविक उपविजेता न्युजील्याण्डबीच प्रतिस्पर्धा हुने छ । १३ औं संस्करणको एक दिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन् । आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजील्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने छन् ।
लिग चरणमा ४५ र सेमिफाइनलान २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइने छ । ती खेलहरू हैदरावाद, अहमदावाद, दिल्ली, चेन्नाई, लखनऊ, बैंग्लुरू, पुने, मुम्बई र कलकत्तामा हुने छन् ।
