gofF zlQm kf6L{sf] s]G›Lo sfof{no aa/dxndf cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} ;+of]hs Pj+ k"j{ k|wfgdGqL 8f afa'/fd e§/fO{ tl:a/ slag clwsf/L sflGtk'/

काठमाडौं, १८ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार राति अबेर सकिएको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको थप निर्णय लिन नेसपाले छठलगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा सोबले जानकारी दिइन् । सोबका अनुसार नेकपा (माओवादी केन्द्र) लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटी बनाउने निर्णय पनि गरेको छ । यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने निर्णय भएको उनले बताइन् ।

‘पार्टी एकताका लागि माओवादीलाई ९ बुँदे आधार पत्र पठाएका छौं । त्यसको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय भएको छ’, उनले भनिन्, ‘माओवादीले पठाएको पत्र पार्टी विभाजन गर्ने, अन्तरद्वन्द्वमा फसाउने गरी षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।’ यसैगरी पर्टी सुदृढीकरण र संगठन निर्माणका लागि जारी ६ महिने अभियानलाई निरन्तरता दिने भएको छ ।
यसअघि दुई दिनसम्म बसेको कार्यकारीणी बैठकमा दुई पक्षबीच पार्टी एकताको सम्बन्धमा मतभेद भएपछि निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । माओवादीले भदौ ३० मा अध्यक्ष डा. बाबुरामलाई बाइपास गरी अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएपछि नेसपाभित्र आन्तरिक विवाद उत्पन्न भएको छ ।