काठमाडौं, असोज । आज अन्तर्राष्ट्रिय बालिका दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०११ देखि हरेक अक्टोबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ । दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तिकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ ।