
काठमाडौं, असोज २८ । आज काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को भीमसेनगोलामा मिलन चौतारीले बडादशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । घटस्थापनाको अवसर पारेर आयोजित कार्यक्रम साहित्यकार राधा दुवाल कार्कीको सभापतित्वमा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय महासचिव बिमला निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । निरौला अमेरिकाबाट भर्खरै आएकी हुन् ।
प्रा.डा.रामप्रसाद दाहालले बडादशैंसहित अन्य चाडपर्वको बारेमा प्रकाश पारेका थिए । उनले चाडबाडले एक आपसमा सामूहिक भावनाको विकास गर्नेसमेत बताए । सो अवसरमा पत्रकार रोजी पराजुलीका साथै विभिन्न क्षेत्रका विष्णु केसी, सुनिता पोख्रेल, दिपिका शाह, दुर्गा न्यौपाने, मञ्जुशा श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा निकिशा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सुष्मिता कोइरालाले उद्घोषण गरेकी थिइन् ।
रेनुका कडेलको देवी बन्दना पाठ गरेर आरम्भ भएको सो कार्यक्रममा नवदुर्गाको पूजा गरिनुको साथै टीका प्रसाद ग्रहण गरिएको थियो । गायिका अञ्जु गौतमले मिठा गीत गाएर कार्यक्रमलाई थप रोमाञ्चक बनाएकी थिइन् । कार्यक्रममा उपस्थित सबैलाई पार्वती भण्डारीले दिएपछि कार्यक्रमको समापन भएको आयोजकले जनाएको छ ।
