भारत, असोज २९ । शिव सेनाका राष्ट्रिय अध्यक्ष उद्धव ठाकरेले शिव सेना नेपाल मुम्वई च्याप्टरद्धारा प्रकाशित स्मारिका मुम्बइको मातोश्री भवनमा केही दिनअघि विमोचन गरेका छन् ।

च्याप्टर स्थापनाको २५औं वर्षगाँठको अवसरमा अशोक सिंह नेपालीको संयोजकत्वमा सो स्मारिका प्रकाशनमा ल्याइएको हो । शिव सेनाका नेपाल प्रमुख अशोक सिंह नेपालीले शिव सेनाले नेपालमा बेलाबेलामा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको बताएका छन् ।

उक्त स्मारिकामा स्वर्गीय बालासाहेव ठाकरेको विशेष योगदानको विषयमा लेखरचनाहरु समेटिएका छन् । शिव सेना भारतमा हिन्दुराष्ट्रका सम्राट स्वर्गीय बालासाहेव ठाकेरेद्वारा स्थापना गरिको बहुचर्चित धार्मिक संस्था हो ।