काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेस परित्याग गरेका कास्कीका नेता कृष्ण कार्कीलाई राप्रपा नेपालको महामन्त्री भएका छन् ।

कार्की गत महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । उनी २०७३ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा कोषाध्यक्षको उम्मेदवार थिए । कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनीत गरेको जानकारी गराएका छन् । पार्टी अध्यक्ष थापाले कार्कीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।