
काठमाडौं, १० कात्तिक । दशैंको टीका र जमरा लगाउने क्रम आज त्रयोदशीका दिन पनि जारी छ ।
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म नै रहन्छ । दशैं मान्नेहरुले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । कोजाग्रत पूर्णिमासम्म नै टिका लगाउन सकिन्छ । कतिपय स्थानमा भनें विजयादशमीको दिनमात्रै टिका लगाउने चलन पनि छ । पूर्णिमाका दिन घरमा बाँकी जमरा लगेर सेलाउने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जमरा सेलाएसँगै यसपालिको दशैं पनि सकिन्छ ।
