काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।
हिजो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो तर गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् तर उनीहरू सक्दैनन् ।’ प्रचण्डले गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै नसक्ने पनि बताए । ‘यो सरकार ढाल्छु भन्ने भ्रम कसैले भ्रम नपाल्दा हुन्छ, यो सरकार ५ वर्ष नै चल्छ ’ प्रचण्डले भने ।