
काठमाडौं, १० कात्तिक । नेकपा एमालेले कात्तिक १४ गतेलाई तय गरेको चियापान कार्यक्रम एक दिनपछि सारेको छ ।
एमालेले दसैँ, तिहार, छठ पर्वलगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ । यो वर्ष कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिका त्यसैबेला परेकाले एक दिनपछि कात्तिक १५ गतेलाई सारिएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । यसअघि गुटेरेसले कात्तिक १२ गते संसदलाई सम्बोधन गर्ने भनिएको थियो ।
