काठमाडौं, कात्तिक १० । आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट श्रृखलाको फाइनलमा चुकेको छ ।

आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई चार विकेटले हराउँदै संयुक्त अरब इमिरेट्स (यूएई) च्याम्पियन बनेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।