काठमाडौं, कात्तिक ११ । कलाकार मदनदास श्रेष्ठ र उहाँका छोरा रेमनदास श्रेष्ठको संयुक्त आयोजनामा आज काठमाडौंको मैतिदेवीमा चियापान कार्यक्रमको आयोजना भएको छ ।
मदनदास श्रेष्ठले बडादशैं, शुभ दिपावली, छठपर्व तथा नेपाल सम्वतको उपलक्ष्यमा सम्पूर्णलाई शुभकामना दिँदै चियापान कार्यक्रम गरिएको बताए । मैतिदेवीको भैरव पार्टी प्यालेसमा आयोजित चियापानमा विभिन्न राजनीतिक पार्टीका स्थानीय नेता, स्थानीय तहका प्रतिनिधिका साथै कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
कलाकारितामा धेरै वर्ष बिताउनुभएका मदनदास श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए ।
कलाकार श्रेष्ठले विभिन्न चाडबाडले देशमा राजनीतिक स्थायित्व दिन सकोस् भन्ने कामना गरेका छन् ।