
काठमाडौं, कात्तिक ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार बस्ने भएको छ ।
पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने बताए । उनका अनुसार बैठकमा मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुने छ । साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने जनाइएको छ । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।







