Prime Minister KP Sharma Oli and Secretary-General of the United Nations António Guterres hold a meeting during the 73rd United Nations General Assembly, in New York, on Friday, September 28, 2018. Photo: Permanent Mission of Nepal to the UN via RSS

काठमाडौं, कात्तिक १२ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच आज संघीय संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको थियो । भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताए । एमाले अध्यक्ष ओलीले भने ‘ प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ ।’

गएराति नेपाल आइपुगेका गुटेरेसले मंगलबार संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।