काठमाडौं, कात्तिक १२ । भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आज यहोवाका साक्षीहरूको प्रार्थना सभामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिस्फोटमा कयौँ घाइते भएको प्रहरीले जनाएको छ । कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भएका थिए । अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो । अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए ।