काठमाडांैं, कात्तिक १३ । नेकपा (एमाले) ले माघभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए । एमालेले भर्खरैमात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए ।

पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मंसीर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र सक्नुपर्ने पार्टीले जनाएको छ ।