काठमाडौं, कात्तिक १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम टुंगो लगाएको प्रतिनिधिसभाका सांसद प्रकाश अधिकारीले जानकारी दिए । प्रदेशसभाकी समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको पार्टीले जनाएको छ । गत फाल्गुणमा पनि पार्टीकी प्रतिनिधिसभाकी सांसदको निधन भएको थियो । यो ठाउँमा पनि पार्टीले अर्को सांसद चयन गरिसकेको छ ।