
काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिकाले एक हजार कुकुरको बन्ध्याकरण गरेको छ ।
महानगरपालिकाले असोज २३ गतेदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो । जसमा आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको हो । कुकुर र बिरालोलाई बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको थियो ।
