काठमाडौं, कात्तिक १४ । निलम्बन फुकुवासँगै काठमाडौं महानगरपालिकाका ४२ जना नगर प्रहरी हवल्दार नियमित काममा फर्किएका छन् ।

बढुवा भए पनि असईको फुली नलगाइदिएको भन्दै गत २७ भदौमा उनीहरु आफैंले असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको थियो । निलम्बनमा परेकाहरूले लिखित रुपमा गल्ती स्विकारेर माफी मागेपछि निलम्बन फुकुवा गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । ‘२ कात्तिकमा उहाँहरुले लिखित रुपमा माफी मागेर आइन्दा यस्तो नगर्ने भनेपछि फुकुवा गर्ने निर्णय भएको थियो । अहिले उहाँहरु काममा फर्किसक्नुभएको छ,’ पाण्डेले भने ।