
काठमाडौं, १४ कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा रगत अभाव भएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका अनुसार दशैँको समयमा नियमित तालिकाअनुसार रक्तदान नहुँदा रगत अभाव भएको हो । केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन हिजो आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पोखरा महानगरपालिका –५ मा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
