काठमाडौं । नेपाल साम्बो फेडेरेसनबाट खेलाडी बंगलादेश प्रस्थान गरेका छन् ।

गत सोमबार दोस्रो साउथ एसियन गेममा भाग लिन खेलाडीहरु बंगलादेश गएको फेडेरेसनका महासचिव कृष्णबहादुर राउतले बताए । ९० केजीमा भाग लिन श्रीजेस श्रेष्ठ र ५८ केजीमा भाग लिन रविन्स तामाङ बंगलादेश गएका हुन् । साउथ एसियाका अध्यक्ष धनन्जय श्रेष्ठले रसियाबाट सहभागिता जनाउँदैछन् । बंगलादेश खेल्न गएका खेलाडीलाई टी सर्ट र ट्रयाक ज्योति विकास बैंकले प्रायोजन गरेको थियो ।

 

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फेडेरेसनका अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्षहरु उत्तम श्रेष्ठ र बाबुराजा महर्जन तथा महासचिव राउतले बिदाई गरेका थिए ।