काठमाडौं । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंह राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर १ बाट २०६४ र २०७० सालको संविधानसभा तथा २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचन जितेका उनी यो क्षेत्रका मात्रै नभएर कांग्रेसमा नै आफ्नो वर्चश्व राख्ने नेताका रुपमा चिनिन्छन् । सिंह पार्टीका नेता तथा कार्यकर्तामात्रै होइन जोसुकैलाई पनि अप्ठ्यारो परेका बेला पुग्ने गर्दछन् । उनको यो स्वभावलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । कोही काजकिरियामा बसेको बेला पनि उनी त्यहाँ पुगेर समवेदना दिने गर्दछन् । बिरामी र घाइतेलाई घर र अस्पताल नै पुगेर भेट्ने गर्छन् ।

उनीसहित काठमाडौंको क्षेत्र नम्बर १ को ‘क’ प्रदेशबाट निर्वाचित कांग्रेसका सांसद तथा पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठ सोमबार नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि सुष्मा कार्कीलाई भेट्न अस्पताल पुगेका थिए । सवारी दुर्घटनामा परेकी उनको काठमाडौंको हयाम्स अस्पतालमा उपचार भइरहेको छ । नेता सिंह र श्रेष्ठले कार्कीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको सांसद तथा पूर्वमन्त्री श्रेष्ठले फेसबुकमार्फत जनाएका छन् ।