
काठमाडौ, कात्तिक १६ । नेकपा एमालेका राष्ट्रियसभाका संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले प्रतिपक्षीहरुको आवाज नसुनेको आरोप लगाएका छन् ।
उनले सरकारले आफूहरुको आवाज नसुनेकै कारण नागरिकका समस्या समाधान नभएको दाबी पनि गरेका छन् । आज राष्ट्रियसभामा सम्वोधनका क्रममा उनले गठवन्धनका नामबाट चलेको सरकारले प्रतिपक्षीका आवाजलाई दबाउन खोजेको समेत आरोप लगाए । प्रतिपक्षीले नागरिकका पीर, समस्याजस्ता समसामयिक विषयहरु उठाए पनि सरकार त्यसप्रति गम्भीर नबनेको दाहालको भनाई छ ।
मूल्यबृद्धि अकाशिँदा सरकारले नागरिकलाई सहुलियत दिलाउनतर्फ कुनै ध्यान नदिएको, बाढीले जनजीवन समस्यामा पर्दासमेत नागरिकलाई उपेक्षा गरेको, लम्पी स्किनले पशुधनमा ठूलो नोक्सानी हुँदासमेत किसानलाई राहत उपलव्ध नगराएको भन्दै दाहालले आक्रोश व्यक्त गरे ।
