
काठमाडौं, कात्तिक १६ । पूर्वमन्त्री तथा वागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठको सक्रियतामा काठमाडौंको वडा नम्बर १० बानेश्वर हाईट पुजा प्रतिष्ठान परिसरका ९ सय घरपरिवारले शुद्ध पानी पिउन पाउने भएका छन् ।
आज परिसरमा रहेको डिप वोरिङ वाटर प्लान्ट शुद्धीकरणको लागि खानेपानी मन्त्रालयका प्राविधिक, वडाध्यक्षलगायत स्थानीयसहितको सहभागितामा पिउन योग्य पानी निकाल्ने सम्बन्धमा बृहत छलफल भएको सांसद श्रेष्ठले बताए ।
स्थानीयको आग्रह बमोजिम सांसद श्रेष्ठको सक्रियतामा यो योजनाका लागि वागमती प्रदेशको उर्जा, खानेपानी तथा सिँचाई मन्त्रालयबाट यसै आर्थिक वर्षमा ५० लाख रूपैया बिनियोजन गरिएको छ । कार्यादेश प्राप्त भइसकेकोले कार्यान्वयनको प्रक्रिया आजबाट शुरू भएको पनि सांसद् श्रेष्ठले जनाएका छन् ।
श्रेष्ठ काठमाडौं–१ ‘क’ बाट निर्वाचित कांग्रेस सांसद् हुन् । उनी २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित थिए । उनी संस्कृति तथा पर्यटनमन्त्री हुँदा पनि सधैं जनताको काममा सक्रिय रहने गर्दथे ।
