काठमाडौं, कात्तिक १७ । सिंहदरवार परिसरभित्र टिकटक बनाउन नपाइने भएको छ ।

नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणले सिंहदरवारका विभिन्न ठाउँमा यस्तो सूचना लेखेका बोर्ड राखेको छ । बोर्डमा लेखिएको छ ‘ यस सिंहदरवार परिसरभित्र स्विकृतिबिना फोटो, भिडियो खिच्न तथा टिकटक बनाउन निषेधित रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ पछिल्लो समयमा सिंहदरवारलाई व्यवस्थित बनाउने प्रकारका बगैंचा निर्माण समेत गरिएको छ ।