काठमाडौं, कात्तिक २० । यसवर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १० बजेर ५१ मिनेटमा परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायाक विकास समितिले आज एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । गत कात्तिक ७ गते परेको विजयादशमीको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको थियो ।